कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय
सुर्खेतः सत्ता गठबन्धनले कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको हो।
कांग्रेस नगर सभापति खड्काले पार्टीका नगर कमिटीका प्रमुखहरू सम्मिलित संयन्त्र निर्माण गरी नियमित बैठक बस्ने, आवश्यकताका आधारमा अन्य प्रतिनिधिलाई संयन्त्रमा बोलाउने निर्णय गरिएको पनि जानकारी दिए। बैठकमा माओवादी केन्द्रका नगर अध्यक्ष रत्न गाहा, एकीकृत समाजवादीका लोकप्रसाद चालिसे, राष्ट्रिय जनमोर्चाका विष्णु शर्मा र जनता समाजवादी पार्टीका फत्तेबहादुर सोती मगर सहभागी थिए।
यसअघिको बैठकले आउँदो निर्वाचनमा जिल्लाका नौ वटै पालिकामा उम्मेदवारीमा तालमेल गर्ने र पालिकास्तरीय संयन्त्रलाई क्रियाशील बनाउने लगायतका निर्णय गरेको थियो।
चैत २८, २०७८ सोमबार ०७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।