जीबबले गाएको ए मेरो हजुरको प्रमोशनल गीतको सङ्गीत चोरेको पुष्टि
काठमाडौँ : फिल्म ए मेरो हजुरको ट्रेलरकै २ सिन हिन्दी र दक्षिण भारतीय फिल्मको कपी गरेको देखिएपछि आलोचित भएको फिल्म निर्देशक झरना थापाले फिल्म प्रमोसनका लागि युवा पुस्तामाझ छोटो समयमै लोकप्रिय बनेका र्यापर जीबबलाई 'भागभाग नदे अब धेरै धाक' बोलको गीत गाउन लगाइन्।
प्रमोसन गीत भए पनि उनले पुरै गीत रिलिज गरिनन्। शनिवार बुढासुब्बाको डिजिटलमा प्रोमो मात्र राखेर पुरै गीत फिल्ममा मात्र भनिन्। प्रोमो एक दिनमै लोकप्रिय भएर १० लाख बढिले हेरे। तर प्रोमो रिलिजको २४ घण्टा नबित्दै गीतको* चोरी समातियो।
जीबबले गाएको प्रमोसन र्यापको इन्ट्रो मेलोडी र लिरिक्स* एट्लान्टिक रेकर्डले सन् २०१४ मा रिलिज गरेको सेल सकको किल द नोइजबाट चोरी गरेको देखियो*।यो अहिलेसम्म १७ करोडले सुनिसकेका छन्।
प्रमोशन गीत राखेको बुढासुब्बा डिजिटलका अनुसार 'भाग भाग' को लिरिक्स जीबबले लेखेका हुन्। हुक लाइन लिरिक्स एएनटिएभका सुरेन्द्र गुरुङले लेखेका हुन्। गीत मिक्सिङ बाबु प्रधानले गरेका हुन् भने म्युजिक प्रड्युसर सन्देश ढकाल डिडट र एनटिएफले गरेका हुन्।
एनटिएफले आयोजना गरेको र्याप ब्याटलबाट चर्चामा आएका जीबबलाई फिल्मको टोलीले प्रमोशनका लागि गीत गाउन लगाएका थिए। पहिला दुर्गेश थापाको अभिनय र गीत राख्ने भनिए पनि थापा पल शाहको विवादमा फसेपछि शाहको फ्यानहरुबाट हुनसक्ने विरोधको जोखिम हेरेर दुर्गेशलाई हटाइयो*।
चलचित्रकी नायिका सुहाना थापाका अनुसार जीबबलाई बोलाएर गीत छायाँकन हुने फिल्मको सिक्वेन्सबारे जानकारी गराएपछि उनले सुटिङ हुने स्थानमै बसेर २ घन्टामा लिरिक्स लेखेका थिए। लागुऔषध दुर्ब्यसनमा फसेका जीबबलाई प्रमोशनमा लिएर हिड्ने काममा अहिले एनटिएफमका हाकिम उपनाम रहेका गुरुङले गरिरहेका छन्।
* यसमा इन्ट्रो मेलोडी र लिरिक्स हुनुपर्नेमा मेलोडी र म्युजिक बिट भएकाले सच्याइएको छ।
जीबबको भागभाग
सेल सकको किल द नोइज
चैत २७, २०७८ आइतबार २०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।