अनमोल-सुहानामा मात्र भएन भर, फिल्म चलाउन झरना लागिन् जीबबतिर
काठमाडौँ : ए मेरो हजुर-४ को ट्रेलरले एक मिलियन दर्शक पाउन एक साता लाग्यो। ट्रेलरमा गरिएको दाबी अनुसार अनमोल केसी मेघा स्टार हुन् अनि सुहाना थापा चैँ राइजिङ स्टार। फिल्म निर्माता तथा निर्देशक झरना थापालाई स्टारै स्टार भए पनि दर्शक फिल्म हलसम्म आउँछन् भन्नेमा त्यति भर देखिएन। त्यसैले उनी उदाउँदै गरेका र्याप स्टारको भर पर्न पुगेकी छिन्। अनमोल र सुहानाको अभिनय हेर्न नआए पनि कतै र्याप सुन्न आइहाल्छन् कि भनेर उनले रणनीति बदलिन् एकाएक।
अनि र्याप ब्याटलकै प्रस्तुतिबाट र्यापकाक्रेजी नेपालीमाझ प्रभाव पार्न सफल जीबबलाई फिल्म निर्माण टिमले प्रचारमा प्रयोग गर्दै र्याप गीत गाउन लगाए।
सबै गीत सार्वजनिक गर्यो भने त जीबबका फ्यान हलमा आउँदैनन् भनेर उनीहरूले गीतको पनि ट्रेलर मात्रै सार्वजनिक गरे। अनि भिडियोमा लेखिदिए' सबै गीत फिल्ममा मात्रै।'
गीतमा उनको र्याप ब्याटलको' मिलेन लेभल तेरो बाउँ बोला' लाई मोडिफाई गरेर 'मिलेन तेरो लेभल आमा बोला' बनाइएको छ। अनि 'भागभाग नदे अब धेरै धाक' भन्ने पञ्च लाइन मिठो छ।
यसले फिल्मको प्रचारमा राम्रै सघाएको देखिन्छ। शनिवार सार्वजनिक गरिएको गीतको प्रोमो आइतबार दिउसोसम्म वन मिलियन पार भइसकेको छ। यसले जीबबको क्रेज कस्तो छ त देखायो। तर यही गीत सुन्नकै लागि दर्शक हलसम्म आउलान् त? अब मेघा स्टार र राइजिङ स्टारको अभिनय भन्दा पनि उदाउँदै गरेका र्यापर जीबबको क्रेज हाबी भएको हो त?
चैत २७, २०७८ आइतबार १७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।