गल्फ कोर्षमा देखिएको सद्भाव

गल्फ कोर्षमा देखिएको सद्भाव

काठमाडौँ : गोकर्ण गल्फ कोर्समा शनिवार भेला भएका थिए ८२ खेलाडीहरू। आपसी सद्भाव बढाउन नेपालस्थित भारतीय दूतावासले हरेक वर्ष आयोजना गर्ने भारतीय राजदूत आमन्त्रित गल्फ प्रतियोगिताका लागि खेलाडीहरू कस्सिएका थिए।

हरियो चौरमा गल्फ स्टिकले बल उडाउँदै उपाधि जित्न खेलाडीहरू सौहार्दपूर्ण प्रतिस्पर्धामा उत्रिएका थिए। सहभागी भएका सबैले उपाधि जित्न त कहाँ सम्भव हुन्छ र। यस वर्ष पुरुषतर्फको उपाधि पाए महेन्द्र मैनालीले। महिलातर्फको उपाधि कस्मिरा शाहले पाइन्।

सद्भाव आचार्य, सुरिध घिमिरे, प्रदीपकुमार श्रेष्ठ, मेजर जनरल महेश विक्रम कार्की,  रेखा घिमिरे, विजय श्रेष्ठ, पूर्णबहादुर राई, दावा जे शेर्पा, महेश विक्रम कार्की, वाङचु डोन्डुप चार्ली गुरुङ विभिन्न विधामा विजेता भएका थिए।

सोही प्रतियोगिताका केही झलकहरू :

चैत २६, २०७८ शनिबार २२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।