स्थानीय चुनाव एक्लै लड्छौँ : अध्यक्ष त्रिपाठी

स्थानीय चुनाव एक्लै लड्छौँ : अध्यक्ष त्रिपाठी

भैरहवा : जनता प्रगतिशील पार्टी नेपालले स्थानीय निर्वाचनमा एक्लै लड्ने भएको छ। आज भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष हृदेश त्रिपाठीले कुनै पनि पर्टि सँग गठबन्धन नगरि एक्लै चुनावमा भिड्ने बताएका हुन्। उनले कुनै पनि पार्टीमा वैचारिक वहन नभएको र विगत देखि नेपाली राजनीतिको केन्द्र विन्दुको रूपमा राष्ट्रवाद रहेको तर देशभक्तिले खासै चर्चा नपाएको बताए ।

राष्ट्रपति, प्रधानमन्त्री, संघीय निर्वाचनका सांसदलाई विभिन्न अभियोग लगाए हटाउन सकिने व्यवस्था भए पनि स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिलाई कुनै अभियोग लगाएर हटाउने व्यवस्था नभएकोले दलीय आधारमा निर्वाचन हुन नहुने धारणा व्यक्त गरे।

मुलुकमा निर्यातमुखी व्यापार नभएर आयातकेन्द्रित भएकोले अहिले अर्थतन्त्र संकटमा परेकोले दलहरूकाे समयमै विचार नपुगे देश दुर्घटनामा पर्ने अध्यक्ष त्रिपाठीले बताए।

चैत २४, २०७८ बिहीबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।