ए मेरो हजुरमा लेभल मिलाउन र्‍यापर जिबबले गीत गाए, दुर्गेशको गीत हट्यो

ए मेरो हजुरमा लेभल मिलाउन र्‍यापर जिबबले गीत गाए, दुर्गेशको गीत हट्यो
तस्बिर : इकागजडटकम

काठमाडौँ : दक्षिण भारतीय फिल्म केजिएफ-२ सँग भिड्ने पक्का भएपछि फिल्मको प्रचारमा अनेक उपाय अपनाइरहेको 'ए मेरो हजुर-४' को निर्माण टिमले फिल्ममा रहेको दुर्गेश थापाको गीत हटाएर र्यापर जिबबको गीत राखेको छ।

दुर्गेश पल शाह प्रकरणमा विवादमा आएपछि फिल्ममा उनको गीत राख्दा कतै पलका फ्यानहरू आक्रोशित हुने हो कि भनेर निर्माण टिमले फिल्म हलमा जाने अन्तिम समयमा उनको गीत हटाएर एनटिएफ र्याप ब्याटलबाट चर्चामा आएका युवा र्यापर जिबबलाई र्याप गाउन लगाएको हो।

एनटिएफको र्याप ब्याटल टिकटकमा छाएपछि गोदावरीका युवा र्यापर सुदीप भण्डारी चर्चित भएका थिए। उनले ब्याटलमा गाएको 'मिलेन लेबल तेरो बाउँ बोला ए' भाइरल भएको थियो। उनी ब्याटलको सेमिफाइनलसम्म पुगे पनि लागु औषधको लत छुटाउन रिह्याब सेन्टरमा राखेको बेलामा उनी भागेपछि फाइनलमा सहभागी हुन सकेनन्।

उनी अहिले पुन म्युजिकमा सक्रिय भएका छन्। केही दिन अगाडि जिबब र सुहानाले फिल्म प्रमोसन गरिरहेको भिडियो टिकटकमा सार्वजनिक भएको थियो। बुधवार जिबब र नायक अनमोल केसी सँगै रहेको फोटो सार्वजनिक भएको छ।

उनी अहिले अस्ट्रेलियामा कन्सर्टका लागि गएका छन्। अस्ट्रेलियामा कन्सर्टका लागी जाने सन्देश दिँदै उनले भनेका थिए' केटा हो म ज्ञानी भएर आइसके है।' उनको फ्रिस्टायल र्याप हान्ने क्षमता देखेर र्यापका फ्यानहरूले दोस्रो यमबुद्ध नामाकरण गरिसकेका छन्।

चैत २४, २०७८ बिहीबार १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।