गोविन्दराजका छोरा दीपकराज ब्यास नगरपालिकाको मेयर उम्मेदवार

गोविन्दराजका छोरा दीपकराज ब्यास नगरपालिकाको मेयर उम्मेदवार

काठमाडौँ : तनहुँको ब्यास नगरपालिकामा गठबन्धनको उम्मेदवार टुङ्गो नलाग्दै दीपकराज जोशीले प्रचार सुरु गरेका छन्। उनी कांग्रेस नेता गोविन्दराज जोशीका छोरा हुन्।

गत निर्वाचनमा पार्टीलाई घात गरेको भन्दै उनी कारबाहीमा परेका थिए। जोशी नगरपालिकाको मेयरमा पार्टीबाट छोरालाई उम्मेदवार बनाउन चाहन्छन्। तर सत्ता गठबन्धनबिच ब्यासमा सहमति भइसकेको छैन। सहमति भएर कांग्रेसको भागमा परे पनि जोशी एकल आकाङ्क्षी छैनन्।

पार्टीले टिकट नदिए एमालेसँग मिलेर स्वतन्त्र उम्मेदवार भए पनि उम्मेदवार बन्ने रणनीतिमा रहेका दीपकले पार्टीलाई दबाबमा राख्न पहिल्यै सम्पर्क कार्यालय समेत खोली सकेका छन्।

उनले सम्पर्क कार्यालयमा राखेको बोर्डमा बिपी,सुवर्ण, गणेशमान र कृष्णप्रसाद भट्टराईको तस्बिर छ। तनहुँमा पहिल्यैबाट गोविन्दराज र रामचन्द्र पौडेलबिच दुस्मनी देखिन्छ।

गत संसदीय निर्वाचनमा पौडेल पराजित भएपछि जोशीले घात गरेको आरोप लाग्यो र पछि कारवाहीमा पनि परे। उनी विरुद्धको भ्रष्टाचारको मुद्दा अझै फैसला हुन सकेको छैन।

चैत २४, २०७८ बिहीबार ०९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।