लालपुर्जा हैन बसोबास परिचय पत्र वितरण गरेका हौँ : अध्यक्ष श्रेष्ठ

लालपुर्जा हैन बसोबास परिचय पत्र वितरण गरेका हौँ : अध्यक्ष श्रेष्ठ

बुटवल : हात्तिसुढ टोल विकास संस्थाले कोही कसैबाट रकम लिएर जग्गा सम्वन्धी कागजपत्र नदिएको स्पष्ट पारेको छ । केही दिन अघि केही व्यक्तिहरूले पत्रकार सम्मेलन गरी कागजपत्र दिएको तर जग्गा नदिएको भन्दै समितिका पदाधीकारीहरुलाई आरोप  लगाएका थिए।

त्यसको खण्डन गर्दै समितिका अध्यक्ष भिमसेन श्रेष्ठले टोल विकास संस्था जग्गा र लालपुर्जा बाँड्ने निकाय नभएकाले कोही कसैलाई त्यस प्रकारको कागजात वितरण नभएको बताए।

अव्यवस्थित वसोवासीहरुको विवरण संकलन गर्ने क्रममा बसोबास परिचय पत्र वितरण गरिएको बताउँदै उनले त्यसलाई अतिरञ्जित गरी विषयलाई तोडमोड गरिएको तर्फ संस्थाको ध्यानाकर्षण भएको बताए।

संस्था लाल पुर्जा बाँड्ने निकाय नभएको र लालपुर्जा नबाँडिएको भन्दै उनले भोगचलन गदै बसोबास गर्दै आएकाहरूलाई बसोबास परिचयपत्र वितरण गरिएको बताए। ‘सुधारिएको टोल देख्न नचाहने व्यक्तिहरूले समितिलाई झुटा आरोप लगाएर वद्नाम गर्न खोजिएको हो’ उनले भने। कोभिडका कारण टोल संस्थाको नियमित साधारण सभा हुन नसकेको स्वीकार गदै उनले टोलवासीकै सल्लाहमा समितिबाट निर्णय गरी साधारण सभा गरिने बताए।

समाजमा देखिएका विकृति विसङ्गतिहरू को नियन्त्रण प्रयास गरिएकोमा यसबाट आत्तिएकाहरूले समिति विरुद्धमा लागेको संस्थाका सचिव कृष्ण भण्डारीले बताए।

हात्तिसुढ टोल विकास संस्था २०७० सालमा स्थापना भएको र टोलमा विभिन्न सुधारात्मक कार्यक्रम, विकास निर्माण, फोहर मैला व्यवस्थापन, सडक वत्ति व्यवस्थापन, विकृति विसङ्गति विरुद्ध जनचेतना जगाउने, कानुनी उपचारको लागि सरोकारवालाहरूलाई सहयोग गर्ने र वडाबाट आउने कार्यक्रमलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न सघाउने कार्य गर्दै आएको उनले बताए।

फोहर मैला व्यवस्थापन गर्दा तयार भएको ल्याण्डमा हरियाली पार्क बनाउने यस अघि नै सम्झौता भएको  तर केही व्यक्तिले उक्त जग्गा बिक्री गरी खान खोजेको र केहीको रकम समेत लिएको भन्ने सुन्नमा आएको बताए यदी त्यस्तो हो भने संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीको लागि संस्थाले पनि पहल गर्ने उनले बताए।

कोषाध्यक्ष सरस्वती गलामी समितिको हरेक बैठकमा उपस्थित भएको र मलाई केही थाहा छैन भन्नु गैर जिम्मेवारी भएको उनको भनाइ छ।
 

चैत २२, २०७८ मंगलबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।