नक्कली फेसबुक पेजमा केजिएफ-२ को ट्रेलर सेयरहुँदा आर्यन हैरान

नक्कली फेसबुक पेजमा केजिएफ-२ को ट्रेलर सेयरहुँदा आर्यन हैरान

काठमाडौँ : नक्कली फेसबुक अकाउन्टबाट दक्षिण भारतीय फिल्म केजिएफ-२ को ट्रेलर सार्वजनिक भएपछि नेपाली फिल्मकर्मीको तारोमा परे अभिनेता आर्यन सिग्देल। ‘केजीएफ २’ रिलिज हुने दिन नेपाली फिल्म' ए मेरो हजुर-४' पनि हलमा लाग्दैछ।

दक्षिण भारतीय फिल्मको बढ्दो क्रेज देखेर डराएको फिल्म निर्माण टोली एग्रेसिभ मार्केटिङमा खर्च गरिरहेको बेला चल्तीका नायकले नै दक्षिण भारतीय फिल्मको ट्रेलर सेयर गरेपछि विवाद हुने पनि भयो।

तर आर्यनले आफूले हलमा गएर विदेशी फिल्म हेर्ने नै नगरेको भन्दै आफूले कुनै विदेशी फिल्मको ट्रेलर सार्वजनिक पनि नगरेको प्रस्टीकरण दिन बाध्य भए। उनले अहिले नेपाली हलमा दैनिक करोडको व्यापार गरिरहेको र सबैले प्रशंसा गरेको फिल्म 'आरआरआर' समेत नहेरी 'चिसो एष्ट्रे' हेरेको प्रतिक्रिया दिएका।

थिए उनले आफू कतिसम्म नेपाली कलाको भक्त हो भन्ने पुष्टिका लागि मोबाइलमा बलिउडको गीत समेत नराख्ने गरेको दाबी समेत गरेका थिए।

नेपाली कलाकारले नेपालमा रिलिज हुने र नेपाली फिल्म इन्डष्ट्रीजको व्यवसायमा कब्जा जमाउँदै गएको दक्षिण भारतीय फिल्मको ट्रेलरै सार्वजनिक गर्नु त्यति सुहाउँदो पक्ष पक्कै हैन। तर नेपाली फिल्मलाई माया गर्ने बहानामा विदेशी फिल्मै नहेर्ने अनि विदेशी सङ्गीतै नसुन्नु भनेको चैँ कुतर्क मात्रै हो।

नेपाली फिल्मकर्मीले कसैको व्यवसाय बढाउने गरी प्रचारप्रसार गर्नु ठिक हैन। तर कलाको कुनै सिमाना हुन्न भन्ने पनि बुझ्न जरुरी छ। अब राम्रा विदेशी फिल्मै नहेर्ने हो भने अभिनयमा कसरी निखार आउला र! विदेशी फिल्ममा के कस्तो प्रयोग भइरहेको छ अनि प्रस्तुतिमा कतिको फरकपन आइरहेको छ भन्ने बुझ्न पनि विदेशी फिल्म त हेर्नै पर्ला नि। अनि विदेशी फिल्म हेर्नु र व्यवसाय प्रवर्धन गर्नु एकै हैन नि।

चैत २२, २०७८ मंगलबार १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।