प्रहरी हिरासतमा रहेका युवा घाँटी रेटिएको अवस्थामा फेला

प्रहरी हिरासतमा रहेका युवा घाँटी रेटिएको अवस्थामा फेला

बुटवल : प्रहरी हिरासतमै घाँटी रेटिएको अवस्थामा एक युवा फेला परेको छ। बुटवल–११ रूपन्देहीका २८ बर्षीय रूद्रबहादुर नेपाली वडा प्रहरी प्रहरी कार्यालय बुटवलको हिरासतमा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन। 

उनी चोरीको आरोपमा पक्राउ परेका थिए। प्रादेशिक अस्पतालमा सरसफाइको काम गर्ने नेपालीलाई तामाका तारहरू चोरी गरेको आरोप प्रहरीले पक्राउ गरी  हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो। त्यहि क्रममा आइतवार बिहान हिरासतमा हेर्दा उनी घाँटीे रेटिएको अवस्थामा भेटिएका थिए। 

त्यसपछि उनलाई तत्काल प्रहरीले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगेको वडा प्रहरी कार्यालयले जनाएको छ। अहिले आईसियूमा उनको उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय बुटवल प्रमुख डीएसपी ठगबहादुर केसीले हिरासतमै उनले आत्महत्याको प्रयास गरेर घाँटीमा चोट लागेको बताए। 

नेपालीकी दिदी मनकुमारी सार्कीले घटना सुनियोजित देखिएको बतएकी छन्। 

चैत २२, २०७८ मंगलबार १३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।