२६ वर्षकी भइन् रश्मिका: गुगलकै नेशनल क्रश, २०१८ मा टुटेको थियो इङ्गेजमेन्ट
एजेन्सीः दक्षिण भारतीय सुन्दरी अभिनेत्री रश्मिका मन्दनाको आज जन्मदिन हो। उनी २६ वर्ष पुगिन्।
६ वर्ष भयो उनले चलचित्रमा अभिनय गर्न थालेको। यसबीच उनले १४ वटा चलचित्रमा काम गरेकी छिन्। तर सुरुका ४-५ चलचित्रबाटै उनको फ्यान फलोइङ दक्षिण भारत, भारत हुँदै नेपालसम्म पनि उत्तिकै छ।
भारतको कर्नाटक राज्यमा त उनको निक-नेम नै 'नेशनल क्रश' हो। यस्तै एक्सप्रेसन क्विनको उपाधि पनि उनैको नाममा छ।
५ अप्रिल १९९६ मा कर्नाटकको विराजपेटमा जन्मिएकी रश्मिकाले मनोविज्ञान विषयमा स्नातकोत्तर गरेकी छिन्। कलेजमै हुँदा उनले क्लिन एण्ड क्लियर फ्रेश फेस २०१४ को उपाधि जितेकी थिइन्। यसपछि उनले मोडलिङमा आफ्नो करियर बनाउन थालिन्।
सन् २०२१ को ब्लकबस्टर फिल्म 'पुष्पा' त उनको हालसम्मकै सफल चलचित्र हो।
इन्स्टाग्राममा रश्मिकाको ३० मिलियन फलोअर्स छन्। गुगलले त सन् २०२० मा उनलाई नेशनल क्रश घोषित नै गर्यो। अब गुगलमा नेशनल क्रश टाइप गर्नासाथ रश्मिकालाई नै देख्न सकिन्छ।
पुष्पापछि रश्मिका दक्षिण भारतीय चलचित्र उद्योगकै महँगो नायिका पनि भएकी छिन्। उनले अब एउटा चलचित्रमा काम गरेको ४ करोड भारु लिन थालेकी छिन्।
अभिनयमा पनि उत्तिकै निखारिएकी रश्मिकाले ६ पटक उत्कृष्ट नायिकाको अवार्ड समेत जितिसकेकी छिन्। पैसा पनि त्यस्तै कमाएकी छिन्। ३५ करोडको सम्पत्तिको मालिक हुन् उनी।
रश्मिका एक पटक कन्नड फिल्मको पार्टीको क्रममा अभिनेता रक्षित शेट्टीसँग नजिक भएकी थिइन्। उनीहरू प्रेम सम्बन्धमा पनि थिए। यसैकारण सन् २०१७ जुलाई ३ मा उनीहरूले इङ्गेजमेन्ट पनि गरेका थिए। तर आपसी झगडाका कारण सन् २०१८ मा उनीहरूको सम्बन्धमा ब्रेक लाग्यो। इङ्गेजमेन्ट टुट्यो।
आजभोलि चाहिँ रश्मिकाको नाम विजय देवरकोन्डासँग जोडिन्छ। तर दुवैले यो अफवाह भएको बताउँदै आएका छन्।
चैत २२, २०७८ मंगलबार ०९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।