तीन सय करोड लगानीमा करण जोहर एक्सन फिल्म बनाउँदै, पहिलो रोजाइमा ऋतिक रोशन
एजेन्सी : निर्देशक करण जोहरलाई लभस्टोरी फिल्मले बलिउडमा स्थापित गर्यो । कुछ कुछ होता है, कभी खुसी कभी गमलगायतका फिल्म उनको परिचय हो। उनले फ्यामिली ड्रामा र लभस्टोरीलाई न्यायपूर्वक पर्दामा उतार्दै आएका छन्। यद्यपि उनले गत वर्ष ‘घोस्ट स्टोरी’ को निर्देशन गरे। उनले पहिलोपटक हरर कथामा काम गरेका थिए। त्यसपछि उनले आफूलाई अन्य जनरमा पनि उतार्ने मनसाय बनाइरहेका छन्।
‘रकी और पिंकीकी प्रेम कहानी’ निर्देशन गरेका करणले अब एक्सन फिल्म निर्देशन गर्ने भएका छन् । उनले तीन सय करोडको लगानीमा बन्ने फिल्मको कथामा काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ।
केही समय अगाडि मुम्बईमा भएको एक इभेन्टमा होस्ट गरिरहेका करणले पनि आफूले छिट्टै एक्सन फिल्म निर्देशन गर्ने बताएका थिए। उनले आफ्नो एक्सन डेब्युका लागि ऋतिक रोशनलाई चयन गरेका छन्। पछिल्लो समय ‘वार’ मा देखिएका ऋतिकलाई दर्शकले रुचाए।
ऋतिकको एक्सन र डान्सलाई दर्शकले रुचाएकाले करणले उनलाई अनुबन्ध गर्ने तयारी थालेका हुन्। ऋतिकको ‘क्रिस ४’ पछि करणको फिल्म प्रदर्शनमा आउने भएकाले पनि उनलाई फाइदा नै हुनेछ। करणले फिल्मलाई स्तरीय बनाउन कुनै सम्झौता नगर्नेसमेत बताएका छन्।
चैत १९, २०७८ शनिबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।