मुख्यमन्त्री शाहीको निर्देशन: कुकुरले मुखमा शिशु च्यापेर डुलाएको विषयको छानबिन गर्नू

मुख्यमन्त्री शाहीको निर्देशन: कुकुरले मुखमा शिशु च्यापेर डुलाएको विषयको छानबिन गर्नू

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कुकुरले शिशु मुखमा च्यापेर डुलाएको विषयको छानबिन गर्न निर्देशन दिएका छन्। आज बिहान कर्णाली प्रदेश अस्पतालमा एक कुकुरले टाउकोबिनाको शिशुलाई मुखले च्यापेर अस्पताल परिसरमा डुलाइरहेको थियो।

सोही घटनाको छानबिनका लागि मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका हुन्।

हालसम्म पनि बच्चा कसको र कुकुरले कहाँबाट ल्यायो भन्ने केही पनि खुलेको छैन।

अस्पताल प्रशासन यस घटनाबारे मौन छ। कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले शनिबार परेर आफू बाहिर रहेको हुँदा घटनाबारे थाहा नपाएको उकेरालाई बताएका थिए।

चैत १९, २०७८ शनिबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।