सैफ अली खानलाई करीना कपुरको चेतावनी: हरेक दशकमा बुवा बन्ने सपना छोड्नू

सैफ अली खानलाई करीना कपुरको चेतावनी: हरेक दशकमा बुवा बन्ने सपना छोड्नू

एजेन्सीः करीना कपुरले आफ्नो श्रीमान् सैफ अली खानलाई चेतावनी दिएकी छिन्। उनले हरेक दशकमा बुवा बन्ने सपना छोड्न चेतावनी दिएकी हुन्।

एक अन्तर्वार्ताको क्रममा करीनाले सैफ वयस्क भएदेखि हरेक दशकमा उनी नयाँ सन्तानको बुवा बनेको बताएकी थिइन्। 

हाल सैफको चार सन्तान छन्। पहिलो श्रीमती अमृता सिंहको तर्फबाट एक छोरा एक छोरी छन् भने करीनाको तर्फबाट दुई छोरा छन्। 

यी सन्तान जन्मिदा सैफ २०, ३०, ४० र ५० को दशकमा थिए। त्यसैले करीनाले अब ६० वर्षको उमेरमा बुवा बन्ने सपना नदेख्न सैफलाई बताएकी हुन्। 

यस्तै उनले बच्चा हेर्ने सवालमा सैफसँग सम्झौता गरेको पनि बताएकी छिन्। सैफ सुटिङमा व्यस्त भएको अवस्थामा घरमा करीनाले बच्चाहरूको ख्याल राख्ने सम्झौता भएको करीनाले खुलासा गरेकी थिइन्।

चैत १८, २०७८ शुक्रबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।