'द कश्मीर फाइल्स' ले कमायो तीन हप्तामा ३ सय करोड

'द कश्मीर फाइल्स' ले कमायो तीन हप्तामा ३ सय करोड

काठमाडौं : बलिउड फिल्म 'द कश्मीर फाइल्स' ले रिलिज भएको तीन हप्तामा ३ सय करोडका आँकडा पार गरेको छ।

बलिउड हंगामाको रिपोर्ट अनुसार फिल्मले बिहीबारसम्म भारतमा २७५.३३ करोड कलेक्सन गरेको छ भने भारत बाहिर २७.९४ करोड कमाइ गरेको छ। सबै जोडेर फिल्मले अहिलेसम्म ३०३.२७ करोड कमाएको छ।

विवेक अग्निहोत्रीले निर्देशन गरेको फिल्म द कश्मीर फाइल्सले बक्स अफिसमा अक्षय कुमारको 'बच्चन पाण्डे' र 'राधेश्याम' जस्ता ठूला ब्यानरका फिल्मलाई ठूलो धक्का दिएको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन्।

फिल्म द कश्मीर फाइल्स ग्लोबल बक्स अफिसमा ३ सय करोडको आँकडा पार गर्ने ३२ औं भारतीय फिल्म बनेको छ। यो फिल्मले सलमान खानको 'रेस ३' र अक्षय कुमारको 'सूर्यवंशी' को कमाइलाई पछाडि छोडिदिएको बताइएको छ।

चैत १७, २०७८ बिहीबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।