राजेश महानायक हुन् या हैनन् भन्ने विवादमा फसिन् झरना, हातै जोडेर माफी मागिन्
काठमाडौँ : राजेश हमालको महानायक हुन् या हैनन् भन्ने विवादमा जो पस्यो त्यो फस्यो। दीपाश्री निरौलादेखि शोभित बस्नेतसम्म यसका साक्षी हुन्। फिल्म प्रमोशनकैक्रममा एकाएक फिल्म निर्मात्री तथा अभिनेत्री झरना थापा पनि यही विवादमा पसिन्।
उनी जानाजान हैन अनजानमा महानायकको विवादमा परेसी थिइन्। एक त व्यवसायीक रूपमै प्रतिस्पर्धी मानिने भुवन केसीको छोरा अनमोल केसीलाई फिल्ममा लिएकी छिन् छोरी सुहानासँगै। त्यसमा पनि महानायकको विवाद चर्कियो भने फिल्म'ए मेरो हजुर-४' डाँडाको वरपीपल' जस्तै भइदियो भने त आपत् परिहाल्यो।
त्यसैले त उनी अहिले मिडियाकर्मीमाझ हात जोड्दै यो विवाद नचर्काइदिन आग्रह गरिरहेकी छिन्। झरनाले महानायकको विषयमा आफूले विना कारण गाली खाएको दाबी गरिन्।
फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत रिलिजका क्रममा झरनाले ‘महानायक’ राजेश हमालको विषयमा बोलेकी थिइन्। अहिले त्यही भाइरल भइरहेको छ। अब अनमोल केसी र सुहानाले त नेपालमा वाह भन्ने कलाकारै नभएको बताइनै सकेका छन्। त्यसमा झरना पनि मिसिइन्। यसको प्रभाव के हुन्छ अन्य कलाकारले भोगेका तथ्य छँदै छन्। त्यसैले उनले आफ्ना पुराना कुरा काट्दै भनिन्'मैले राजेश हमाललाई महानायक कहाँ भनेको छैन। महानायक हिजो पनि हुनुहुन्थ्यो,आज पनि हुनुहुन्छ र भोलि पनि रहनुहुन्छ।'
उनले विना कारण गाली खाएको भन्दै यसरी गाली खाँदा चित्त दुख्ने अनि आँसु पनि आउने बताइन्। ठिकै छ बेलैमा उनले करेक्सन गरिन्। अब यसलाई हमालका फ्यानहरूले स्विकारे भने त ठिकै छ। नत्र त डिसलाइकको वर्षा सुरु हुने जोखिम छ है फिल्मको ट्रेलरमा।
चैत १६, २०७८ बुधबार १९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।