आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा थप ७७ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन्।
चैत १६, २०७८ बुधबार १७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।