एमाले पटाका पट्काएर तर्सिन्न, एक्लै चुनाव लडेर ६० प्रतिशत स्थानीय तह जित्छौँ : नेता पौडेल

एमाले पटाका पट्काएर तर्सिन्न, एक्लै चुनाव लडेर ६० प्रतिशत स्थानीय तह जित्छौँ : नेता पौडेल

बुटवल : एमालेका उपाध्यक्ष विष्णु पौडेलले पाँच दलीय गठबन्धन विरुद्ध एमाले एक्लैले ०७४ सालको निर्वाचनमा भन्दा अझ बढी हैसियतका साथ नेतृत्वमा आउने बताएका छन्। प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले गठबन्धनका विरुद्ध एमाले ०७४ सालको निर्वाचनमा हैसियत भन्दा गुणात्मक रूपमा विजयी हासिल गर्ने बताएका हुन।

‘पटाका पट्काएर एमाले तर्सन्छ भनेर कसैले नसोचे हुन्छ। हामी गठबन्धनसंग तर्सेका छैनौँ। एक्लै सामना गर्न तयार छौ, उनले भने।
रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सदस्यसमेत रहेका पौडेलले स्थानिय तहका ७५३ सिट मध्ये ६० प्रतिशत जित्ने बताए। ‘हामी अहिले पनि गठबन्धन विरुद्ध ६० प्रतिशत जित्ने हैसियत र तयारीका साथ लागेका छौ, उनले भने।

पुर्वअर्थमन्त्री समेत रहेका पौडेलले निर्वाचन कुनै पनि बाहानमा रोक्न खोजेकाले एमालेको खबरदारीले अहिले निर्वाचन कसैले चाहेर पनि रोक्न सक्ने स्थितिमा नरहेको बताए। विदेशी र स्वदेशी तत्त्वहरू समेत निर्वाचन नचाहेको अवस्थामा एमालेको दबाब र खबरदारीले निर्वाचनको मिति सरकारले घोषणा गर्न बाध्य भएको बताए ।

त्यस्तै उनले एमालेकाविरुद्ध मिडिया प्रयोग हुन थालेको समेत बताए। उनले एमालेका सकारात्मक कुराले कम स्पेश पाएको भन्दै एमाले विरुद्धको सानो समाचारले पनि सञ्चारमाध्यममा बढी महत्त्व पाउने गरेको बताए। उनले रुपन्देहीमा विकासको बहार आएको भन्दै सिद्धबाबामा बन्ने सुरुङ मार्गले अब यस क्षेत्रमा विकासले अझ फड्को मार्ने बताए। ‘सिद्धबाबामा सुरुङ मार्ग बनाउने योजना सुनाउँदा कतिपयले हाँसो काड्थे, तर अहिले यो निर्माणका लागि सम्झौता भइसकेको छ। बढीमा ८ महिनामा काम सुरु हुनेछ, उनले भने।

चैत १६, २०७८ बुधबार १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।