मर्यादित पत्रकारिताका लागि एकजुट बन्न अध्यक्ष बसेलको अनुरोध

मर्यादित पत्रकारिताका लागि एकजुट बन्न अध्यक्ष बसेलको अनुरोध

सुर्खेत : पत्रकारिताको समग्र विकास र हकहितका लागि सबै पत्रकारहरू एकजुट हुनुपर्ने नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले बतएका छन्। बुधबार नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित प्रभात फेरी कार्यक्रममा बोल्दै अध्यक्ष बसेलले विभाजित मानसिकताबाट मुक्त हुँदै मर्यादित पत्रकारिताका लागि एकजुट बन्न सबै पत्रकारहरूलाई अनुरोध गरेका हुन्।

पछिल्लो समयमा सुर्खेतका पत्रकारहरुबीचमा भएको विभाजनले पत्रकारिता क्षेत्र नै कमजोर बन्दै गएकाले सतहीमा देखिएका समस्याहरुलाई समाधान गरेर पेशागतहितमा एक जुट हुनुपर्नेमा अध्यक्ष बसेलको जोड दिए। उनले श्रमजीवी पत्रकारहरूका समस्याहरू सम्बाेधन गर्न आफू कटिबद्ध रहेकाले सामान्य समस्यामा पनि पेसालाई बदनामी गर्न नहुने उल्लेख गरे।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा गरिएको प्रभात फेरि मंगलगढीबाट सुरु गरी बजार परिक्रमापछि पिपलचौतारा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेशका पदाधिकारी, महासंघ सुर्खेतका पदाधिकारी तथा सुर्खेतमा बसेर विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता थियो।
 

चैत १६, २०७८ बुधबार १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।