'द कश्मीर फाइल्स' का निर्देशक रञ्जनलाई बेलायती संसदले बोलायो
काठमाडौं : बलिउड फिल्म 'द कश्मीर फाइल्स' ले यतिबेला बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरिरहेको छ। यो फिल्मको विषयवस्तुलाई लिएर अहिले भारतभर बहस समेत भइरहेको छ।
फिल्म द कश्मीर फाइल्समा कश्मिरी पण्डितहरुमाथि ३२ वर्ष पहिले भएको नरसंहारको घटनालाई फिल्मको माध्यमबाट पर्दामा उतारिएको छ। जुन घटनाको बारेमा धेरै कम मान्छे मात्र जानकार छन्।
यो फिल्मको विषयलाई लिएर भारतका राजनीतिक पार्टीहरुबीच छुट्टा-छुट्टै दृष्टिकोण छ। कुनै पार्टीले फिल्मको प्रशंसा गरिरहेका छन् भने कुनैले विरोध।
फिल्मका बारेमा विवाद भइरहँदा द कश्मीर फाइल्सका निर्देशक रञ्जन अग्निहोत्री भने निकै चर्चित भएका छन्। फिल्मको बारेमा पूरै जानकारी दिन विभिन्न देशबाट उनलाई बोलाइएको छ।
यही क्रममा ब्रिटिस संसदले पनि विवेकलाई बोलाएको छ। उनी श्रीमती पल्लवी जोशीसँग आगामी महिना ब्रिटेन जाँदैछन् र कश्मिरी पण्डितहरुमाथि भएको नरसंहार तथा अन्यायका बारेमा बताउने छन्।
चैत १६, २०७८ बुधबार ११:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।