अभिनेत्री श्रद्धा कपुर नहुने भइन् नेपालको बुहारी !
नेपाली मूलका रोहन बलिउडमा चल्तीका सेलिब्रिटी फोटोग्राफर हुन्। उनी र श्रद्धा रिलेसनमा रहेको चर्चा सुरु भएको लामै समय भइसक्यो। दुवैले ब्राइडल फोटो सुट समेत गरेका थिए। तर उनीहरूले सार्वजनिक रूपमा आफ्नो सम्बन्धबारे भने बोलेका छैनन्।
अहिले एकाएक मिडियामा दुवैको ब्रेक अप भएको खबर आइरहेका छन्। यसको कारण हो गोवामा श्रद्धाको जन्मदिनको पार्टीमा रोहन नदेखिनु। यति मात्रै हैन, पछिल्लो समय यी दुवै एकैसाथ नदेखिएकाले पनि दुवैको सम्बन्धन टुटेको चर्चा सुरु भएको देखिन्छ।
तर यसबारे रोहनले केही बताएका छैनन्। न श्रद्धाले नै केही खुलाएकी छिन्। टाइम्सअफइन्डियासँग कुरा गर्दै रोहनले आफू पर्सनल लाइफकाबारेमा कुरा गर्न इच्छुक नभएको प्रतिक्रिया दिँदै भनेका छन्' म आफ्नो व्यक्तिगत जीवनको बारेमा बोल्न चाहन्न। न यस अगाडि यो सम्बन्धबारे मैले केही बोलेको छु।'
चैत १५, २०७८ मंगलबार १७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।