रुससँग शान्ति वार्ता गर्न युक्रेनी टोली टर्कीमा

रुससँग शान्ति वार्ता गर्न युक्रेनी टोली टर्कीमा

एजेन्सीः युक्रेनी प्रतिनिधिमण्डल रुससँग शान्ति वार्ताका लागि टर्की पुगेका छन्। युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभ र राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोल्याकले युक्रेनी टोलीको नेतृत्त्व गरिरहेका छन्।

युक्रेनी टोलीका अनुसार उनीहरूको उच्च प्राथमिकता भनेको युद्धविराम नै हो। तर यसको सम्भाव्यताबारे भने शंका रहेको उनीहरूको भनाइ छ। दुई साताभन्दा लामो समयपछि आमनेसामने हुन लागेका रुस र युक्रेनबीचको वार्ता टर्कीका राष्ट्रपति रेसेप टेयपले आयोजना गर्नेछन्।

बैठक मंगलबार ०७:०० जीएमटीमा सुरु हुने छ।

अन्य मागसँगै युक्रेनले नेटोमा सामेल हुने इच्छा त्याग्नुपर्ने रुसको माग छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफू यस मागबारे सकारात्मक रहेको छ नेटोमा सामेल नहुने बताउँदै आएका छन्।

यस्तै शान्ति वार्तामा पूर्वी युक्रेनका पृथकतावादी नियन्त्रित क्षेत्र, क्राइमियाको अवस्थाबारे पनि छलफल हुने बताइएको छ। 

चैत १५, २०७८ मंगलबार ०८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।