उत्कृष्ट अभिनेतामा विल स्मिथले जिते अस्कर: स्टेजमा कमेडियनलाई लगाए झापड

उत्कृष्ट अभिनेतामा विल स्मिथले जिते अस्कर: स्टेजमा कमेडियनलाई लगाए झापड

काठमाडौंः ९४औं एकाडेमी अवार्ड (अस्कर)ले आफ्नो विजेता पाएको छ। यसवर्ष अस्करमा 'कोडा' उत्कृष्ट चलचित्र भएको छ।

'कोडा' अर्थात् चायल्ड अफ डेफ एडल्टस् कमेडी ड्रामा फिल्म हो। सियान हेदरको लेखन तथा निर्देशनमा बनेको चलचित्र श्रवणशक्ति नभएको एउटा परिवारको कथा हो।

यस्तै अस्करमा यसवर्ष उत्कृष्ट अभिनेता भए- विल स्मिथ। 'किङ्ग रिचर्ड' चलचित्रको लागि स्मिथले अस्कर जितेका हुन्।

तर पुरस्कार वितरण कार्यक्रममा स्मिथको अस्कर उपाधिभन्दा पनि झापड चर्चामा रह्यो। उनले आफ्नो श्रीमतीमाथि जोक गरेको भन्दै कमेडियन क्रिस रकलाई स्टेजमै झापड हाने। 

स्मिथकी श्रीमती जादा पिन्केट स्मिथको कपालमाथि उनले मजाक गरेपछि अस्करको स्टेजमै झापड खाएका हुन् रकले। पछि स्मिथले उत्कृष्ट अभिनेताको उपाधि पाउँदा भने यस घटनाबारे माफी मागेका थिए।

यस्तै अस्करमा यसवर्ष उत्कृष्ट अभिनेत्री भइन्- जेसिका च्यास्टेन। उनले 'द आइज् अफ ट्याम्मी फे'का लागि अस्कर जितेकी हुन्।

अस्करमा उत्कृष्ट निर्देशकको उपाधि भने जेन क्याम्पियनले जिते- चलचित्र 'द पावर अफ डग'का लागि।

उत्कृष्ट छायाङ्कनमा 'ड्युन'ले बाजी मार्यो। सम्पादन, भिजुअल इफेक्ट, ओरिजिनल स्कोर, अचिभमेन्ट एन साउण्ड र प्रोडक्सन डिजाइन गरेर ६ विधामा ड्युनले बाजी मार्यो।

चैत १४, २०७८ सोमबार १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।