सुहानाले किन यति धेरै केयर गर्छिन् अनमोलको ?
काठमाडौँ : कृष्ण भक्त सुहाना थापा र नायक अनमोल केसीले सार्वजनिक कार्यक्रममा देखाउने व्यवहारले यी दुवैबिचको सम्बन्ध नेपाली चलचित्र क्षेत्रका नायक र नायिका मात्रै हो त भन्नेमा शङ्का बढाइरहेको छ। यी दुवै युवा कलाकारले पहिलो फिल्म'ए मेरो हजुर-३' मा सँगै अभिनय गरेदेखि नै दुवैको सम्बन्धमा धेरैको चासो देखिन्छ।
अहिले यो जोडी'ए मेरो हजुर-४' को प्रमोसनमा व्यस्त छन्। फिल्मको ट्रेलर सार्वजनिक गर्नेदेखि मिडियामा अन्तर्वार्ता दिन यो जोडिलाई भ्याई नभ्याई छ। सार्वजनिक कार्यक्रमहरूमा सुहाना अनमोलको निकै केयर गरिरहेको देखिन्छ।
कहिले उनी अनमोलको खुम्चिएको टिसर्ट मिलाइरहेको देखिन्छिन् त कहिले उनको कोटको खल्तीमा हात हालिराखेको भिज्योल सार्वजनिक भइरहेको छ। यसले रिलमा मात्रै हैन कतै रियलमा पनि यी दुबैले मन साटिसकेको त हैन?
एक फोटोग्राफरसँग अनमोल प्रेममा रहेको भनिए पनि उनले कसैसँग इन्गेज भएको स्वीकार समेत गरेका छैनन्। भ्यानेन्टाइन्स डेमा उनले इन्टाग्राममा प्रेमीका सार्वजनिक गर्ने भनेर आफ्नो कुकुर सार्वजनिक गरेर प्रयाङक गरेका थिए।
प्रेम सम्बन्धको बारेमा सुहाना बरु अलि खुल्ने गर्छिन्। उनले कलिलै उमेरमा कसैको प्रेममा परेको र ब्रेकअपपछि मन भाँचिदा अध्यात्मतिर लागेको मात्र स्वीकार गरेकी छैनन् अहिले पनि कसैसँग इन्गेज रहेको समेत स्विकारेकी छिन्। तर कि को हुन् ? अनमोल या अरू नै उनले खुलाएकी छैनन्।
तर सार्वजनिक कार्यक्रममा उनले अनमोलप्रति देखाउने व्यवहारले भने शङ्का बढाइरहेको छ त्यो डेटमा रहेका भाग्यमानी युवा अनमोलै त हैन भन्ने। केही दिन अगाडि फिल्मको ट्रेलर रिलिज कार्यक्रममा सेतो कोट अनि सेतै टिसर्टमा रहेका अनमोलको टिसर्ट मिलाउनदेखि पछाडिको कोट मिलाउनसम्म ध्यान दिइरहेकी थिइन् सुहाना।
सुहाना र अनमोल फिल्मी परिवारकै सदस्य हुन्। सुहाना अभिनेत्री तथा फिल्म निर्माता झरना थापाकी छोरी हुन् भने अनमोल नायक तथा फिल्म निर्माता भुवन केसीको छोरा हुन्।
एक कार्यक्रममा सुहानालाई कृष्ण र राममध्ये को छान्ने भनेर सोध्दा उनले भनेकी थिइन्' बोइफ्रेन्ड कृष्णजस्तो अनि श्रीमान् चैँ रामजस्तो।' रिलका त गुड कपल हुन् यी। रियल हुन्छन् या हुन्नन् ?, उनका लागि अनमोल राम होलान् कि कृष्ण त्यो भविष्यलाई नै छाडौँ।
चैत १३, २०७८ आइतबार १७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।