सुजाता कोइराला देउवाकै लाइनमा : निर्वाचनमा गठबन्धन बनाएर जानुपर्ने पक्षमा

सुजाता कोइराला देउवाकै लाइनमा : निर्वाचनमा गठबन्धन बनाएर जानुपर्ने पक्षमा

काठमाडौँ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी निर्वाचनमा सरकारमा रहेका दलहरू गठबन्धन गरेर अगाडि बढ्नुपर्ने बताएकी छिन्। पार्टीको जारी केन्द्रीय समितिको बैठकपछि उनले गठबन्धनकै कारण केन्द्रदेखि प्रदेशसम्म कांग्रेस सरकारमा रहेको भन्दै गठबन्धन छाड्न नहुने बताइन्।

उनले गठबन्धन कसरी गर्ने भन्ने बारेमा मापदण्ड बनाएर जान सकिने उनले बताइन्।  'केन्द्रमा प्रधानमन्त्रीदेखि प्रदेश सरकारमा मुख्यमन्त्री पाउनु अनि राष्ट्रिय सभामा पार्टीका उम्मेदवारले जित्न सक्नुको कारण गठबन्धनै हो। पार्टी बलियो रहेको स्थानमा एकल उम्मेदवार दिने जहाँ पार्टी कमजोर छ त्यहाँ गठबन्धनलाई सघाउन सकिन्छ,' उनले भनिन्।

पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहे पनि शेखर कोइराला समूह भने गठबन्धनको विपक्षमा उभिएको छ। यहीबारे निर्णय गर्न पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ।

उनले निर्वाचन मुखैमा आइसकेकाले पार्टीमा त्यो गुट र उपगुट भनेर विवाद गर्न नहुने भन्दै उनले यही कारण पार्टी लोकप्रिय रहे पनि निर्वाचनमा पार्टी पराजित हुने गरेको दाबी गरिन्। उनले अहिलेको अवस्थामा निश्चित मापदण्ड बनाएर उम्मेदवार चयन गर्नुपर्ने र त्यसलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी थिइन्।

चैत १३, २०७८ आइतबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।