स्थानीय चुनावको झल्को दिने गरी विद्युत् सहकारीको चुनाव
बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थित प्रगतिनगर सामुदायिक विद्युत्त सहकारी संस्था लिमिटेडमा स्थानीय तहको निर्वाचनको झल्को दिने गरी प्यानलनै बनाएर निर्वाचन भइरहेको छ। सरकारमा जस्तै विद्युत्त सहकारी संस्थामा पनि गठबन्धन एकातिर छ भने एमाले अर्कोतिर छ।
एमाले र गठबन्धनको तर्फबाट छुट्टा–छुट्टै प्यानल बनाएर मत माग्ने काम भइरहेको छ। निर्वाचनमा आफ्ना प्यानलका उम्मेदवारलाई विजयी बनाउन दलका कार्यकर्ता लागि रहेका छन्। चुनावका लागि प्रचार प्रसार सामाग्री वितरण देखि भित्तामा पोष्टर टाँस्ने काम समेत भएको छ।
एमालेको तर्फबाट विर बहादुर कुँवर अध्यक्षमा उम्मेदवार छन् भने गठबन्धनको तर्फबाट जीत बहादुर मल्ल अध्यक्षका उम्मेदवार छन्। जीत बहादुर मल्ल एमाले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्ति हुन। एमालेबाट उपाध्यक्षमा कैलाश खड्गी, सचिवमा घनश्याम पाण्डे, कोषाध्यक्षमा कुल बहादुर राना उम्मेदवार छन्।
यस्तै लेखा समिति सदस्यमा गणेश आचार्य र सदस्यहरुमा भुमलाल श्रेष्ठ र लिला भण्डारी उम्मेदवार छन्। गठबन्धनको तर्फबाट उपाध्यक्षमा राज कुमार तेली, सचिवमा गोपाल केसी, कोषाध्यक्षमा नारायण सारुको उम्मेदवारी छ। लेखा समिति संयोजकमा राजेश बहादुर बुढाथोकी र ससदस्यहरुमा विमला तरामु मगर र तारा पोख्रेल थापाको उम्मेदवारी छ। संस्थामा १४ सय सदस्य छन्।
यता निर्वाचन धाधली भएको भन्दै एमालेले विरोध गरेको छ। गठबन्धनबाट लेखा समिति संयोजकका उम्मेदवार बनेका राजेश बहादुर बुढाथोकीले केयरसिंह पुनको परिचय पत्र च्यातेको र मनलाग्दी विना राय पुनको अधिकार खोसेर कार्ड बनाएको भन्दै विरोध जनाएका छन। विरोध पछि बुढाथोकीले पुनको कार्ड च्यातिदिएका थिए।
चैत १३, २०७८ आइतबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।