'आरआरआर' का हिरो एनटीआरको विहेमा खर्च भएको थियो एक सय ६० करोड
एजेन्सीः साउथ सुपरस्टार जुनियर एनटीआर यतिबेला चर्चामा छन्। कारण हो उनको फिल्म 'आरआरआर'।
फिल्मले उधुम मच्चाएको छ। पैसासँगै समीक्षकबाट सकारात्मक तारिफ पनि कमाएको छ। नेपालमा पनि एनटीआरको ठूलो फ्यान फलोइङ छ। एनटीआरकै कारण आरआरआर हेर्ने दर्शकको कमी छैन नेपालमा पनि।
तर धेरैलाई थाहा नहुन पनि सक्छ, एनटीआर विवाहित हुन्। उनको विहे ११ वर्षअघि सन् २०११ मे ५ मा भएको थियो।
एनटीआरको विहे यति धुमधामसँग भएको थियो कि विहेको खर्चमा कयौँ फिल्म बन्नसक्थ्यो। एक सय करोड भारु (नेपाली १६० करोड) खर्च भएको विहेको मण्डप सजाउन मात्र १८ करोड भारु खर्च भएको थियो।
दुलही थिइन्- लक्ष्मी प्रणीति। लक्ष्मी त्यतिबेला केवल १८ वर्षकी थिइन्।
विहेमा पाहुना पनि तीन हजार थिए। त्यस्तै १२ हजार फ्यान समेत एनटीआरको विहे हेर्न पुगेका थिए। विहे साउथको क्षेत्रीय च्यानलबाट प्रशारण गरिएको थियो।
एनटीआर दम्पतीका दुई छोरा छन्। एउटाको नाम अभय राम हो र अर्कोको भार्गव राम हो।
चैत १३, २०७८ आइतबार ११:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।