प्रधानमन्त्री देउवाले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने भएका छन्।
श्रीलंकामा आयोजना हुने सम्मेलनलाई उनले काठमाडौंबाट भर्चुअलरुपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवा केही दिन अघिसम्म श्रीलंका जाने तयारीमा थिए। अचानक उनको भारत भ्रमण तय भएपछि श्रीलंकामा हुने बिमस्टेक सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्ने भएका हुन्।
बिमस्टेक शिखर सम्मेलनमा प्रत्यक्ष तथा भर्चुअली सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा नारायण खड्का, मुख्यसचिव शंकर दास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत छन्। परराष्ट्रमन्त्री खड्का चैत १४ गते काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । चैत १५ गते कोलम्बोमा हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा उनी सहभागी हुनेछन्।
चैत १२, २०७८ शनिबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।