पुटिनले असक्षम भनेर गाली गरेपछि रुसी रक्षामन्त्रीलाई हृदयघात

पुटिनले असक्षम भनेर गाली गरेपछि रुसी रक्षामन्त्रीलाई हृदयघात
तस्बिर: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रक्षामन्त्री सर्गेई शोइगु

एजेन्सीः रुसका रक्षामन्त्री सर्गेई शोइगुलाई हृदयघात भएको छ। युक्रेनका गृह मन्त्रालयका सल्लाहकार एन्टोन गेराश्चेन्कोले शोइगुलाई हृदयघात भएको दावी गरेका हुन्।

शोइगु ११ मार्चयता सार्वजनिकरूपमा देखापरेका थिएनन्। तर २४ मार्चमा भने पुटिनले सार्वजनिक गरेको एक भिडियोमा उनी देखापरे।

रुसले यसबारे केही बताएको छैन। तर पुटिनले उनलाई असक्षम भएको बताएपछि उनलाई हृदयघात भएको गेराश्चेन्कोको दावी छ।

उनले फेसबुकमा लेखेका छन्, 'युक्रेनमाथि कब्जा गर्न पूर्णरूपमा असफल भएको भन्दै पुटिनले शोइगुलाई कठोर आक्षेप लगाएका कारण उनलाई हृदयघात भएको हो।' यस्तै उनका अनुसार शोइगु हाल अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्।

चैत १२, २०७८ शनिबार ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।