चीनले निर्माण नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गर्ने

चीनले निर्माण नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गर्ने

पोखरा । चीनका विदेश मन्त्री वाङ यीले नेपाल भ्रमणको समय पारेर निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएका छन्।

चीन सरकारको ऋण सहयोगमा निर्माणाधीन विमानस्थलको चाबी विदेशमन्त्री वाङ यीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गर्दै छन्। हालसम्म ९३ प्रतिशत मात्र काम सकिएको विमानस्थलको चिनियाँ विदेश मन्त्री यीले नेपाल भ्रमणमा आएका बेला निर्माण पूरा भएका पूर्वाधार हस्तान्तरण गर्न लागिएको हो। 

चिनियाँ विदेश मन्त्री यी नेपाल भ्रमणमा आएको बेला विमानस्थलको अहिलेसम्म बनेका भौतिक संरचना नेपाल सरकारलाई बुझाउन लागिएको पोखरा विमानस्थल निर्माण परियोजनाका उप प्रबन्धक इञ्जिनियर कृष्ण पौडेलले बताए। उनका अनुसार शनिबार साँझ चिनियाँ विदेशमन्त्रीले काठमाण्डौंमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी हस्तान्तरण गर्ने छ।त्यसै समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएर पर्यटनमन्त्री प्रेम आलेले निर्माण पक्षलाई धन्यवाद ज्ञापनसहित मायाको चिनो दिने कार्यक्रम तय भएको छ।

गत जुलाई १० मै काम सकेर हस्तान्तरण गर्ने भनिएको विमानस्थलको रनवेदेखि ट्याक्सी वे, टर्मिनल भवन सहित अधिकांश संरचना निर्माण भैसकेका छन्। विमानस्थल कोरोना संक्रमणका कारण १ वर्षपछि धकेलिएको हो। चिनीयाँ कम्पनी सिएएमसीईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको विमानस्थल यसअघि २०२१ जुलाई १० भित्र सक्ने लक्ष्य लिएको थियो। 

चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा निर्माण भइरहेको विमानस्थल भित्र आयल डिपो निर्माणको काम समेत सकिएको छ्रैन। त्यसै गरी विमानस्थल नजिकै रहेको खुल्ला ल्यान्डफिल साइट हटाउनका बारम्वार पोखरा महानगरपालिकालाई आग्रह गर्दा समेत ब्यवस्थापन हुन सकेको छैन। त्यस्तै बर्सातको समयमा पृथ्वी राजमार्गको नालाबाट र सिँचाइको नहर बगेर आउने भल बाढीको रोकथामको समेत काम बाँकी नै छ। 

त्यसै गरी आयोजनाले विमानस्थल सञ्चालनमा ल्याउन पूर्वी भागमा रहेको रिट्ठेपानीको डाँडा २५ मिटर काट्न सरकारलाइ बारम्वार आग्रह गर्दै आएको छ। तर, त्यो डाँडामा सरकारी बन समेत रहेकाले वातावरण प्रभाव मुल्याङकन (एआइए) गर्नु पर्ने भएकाले प्रक्रियामा जाँदा लामो समय लागेको छ। विमानस्थल केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला २०७३ सालमा शिलान्यास गरिएको थियो। 

११ चैत, २०७८, २२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।