फिल्म आरआरआरको नेपालमा किर्तीमानी ओपनिङ

फिल्म आरआरआरको नेपालमा किर्तीमानी ओपनिङ

काठमाडौँ : शुक्रवारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म‘आरआरआर’ले नेपाली बजारमा पहिलो दिन किर्तीमानी व्यापार गरेको छ। नयाँ नेपाली फिल्म रिलिज नहुँदा यसले देशकै सर्वाधिक ठुलो मल्टिप्लेक्स चेन (क्यूएफएक्स) मा एकै दिन ९० शोज पाएको छ।

शुक्रवार ‘हेल्लो जिन्दगी’ले रिलिज हुनुपर्ने थियो। तर आरआरआरको विश्वव्यापी क्रेज देखेर निर्माता १८ चैतमा सरेपछि मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्स, एफक्युब, सिने डी सेफ, बिग मुभिज, क्युज सिनेमाज लगायतका हलका चेनमा आरआरआर एक्लै प्रदर्शन भइरहेको छ।

शुक्रवारबाट सञ्चालनमा आएका रञ्जना सिनेप्लेक्स र गोपीकृष्ण अन्तर्गतका तीन वटै पर्दामा आरआरआर लागेको छ। नेपालकै ठुलो चेन क्युएफएक्सले ५० बढी शोज आरआरआरले पाएको छ।

शुक्रवारको पहिलो शोजहरु प्रायः सबै हलमा हाउसफुल भएका छन्। मल्टिप्लेक्समा ९० प्रतिशत बढी अकुपेन्सीमा फिल्मले बिजनेस सुरु गरेको छ। फिल्म वितरणमा कम्पनीका अनुसार काठमाडौँको सिभिल, लाबिम मल र छॉया सेन्टरका ३३ शोजबाट मात्रै २६ लाख बढीको व्यापार गरेको छ।

युट्युवहुँदै नेपाली दर्शकमाझ राम्रो प्रभाव पार्न सफल देखिए दक्षिण भारतीय कलाकार। दक्षिण भारतीय सहरका फिल्म हलमा देखिने क्रेज नेपालका हलमा समेत देखिन थालेको छ। दर्शकहरू हलमै नाचेका भिडियोले सामाजिक सञ्जाल भरिएका छन्।

साउथ सुपरस्टार रामचरण र जुनियर एनटीआरको अभिनय रहेको फिल्माम बलिउडकर्मी आलिया भट्ट र अजेय देवगणको समेत भूमिका छ। पाँच सय ५० करोड भारतीय रुपैंयामा निर्माण भएको फिल्मले भारतमा समेत बम्पर ओपनिङ गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

चैत ११, २०७८ शुक्रबार १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।