सेलिब्रिटी पल २५ दिनमा यसरी पुगे थुनामा : तनहुँमा सरेन्डर गरेदेखि दमौली कारागार भित्रदासम्मका इतिबृत्ती 

सेलिब्रिटी पल २५ दिनमा यसरी पुगे थुनामा : तनहुँमा सरेन्डर गरेदेखि दमौली कारागार भित्रदासम्मका इतिबृत्ती 

काठमाडौँ :  जब पल शाह र नाबालिग गायिका सँगै अन्तर्वार्ता दिन थाले दुवैको सम्बन्धनलाई लिएर गसिपहरु बन्न थाले। यस्ता गसिप अधिकांश युट्युब च्यानलहरूमा प्रसारण भए। ती गायिकाको उमेर समेत ख्याल नगरी सोधियो' पलसँगको सम्बन्ध के हो?' नाबालिगले पहिल्यैदेखि मन पर्ने नायक भनेर जवाफ दिए पनि दुबैका सम्बन्धबारे गसिप बन्ने क्रम रोकिएन।

दुवैको सम्बन्धबारे हल्ला हुन थालेपछि नाबालिगले आफ्नो फेसबुक पेजमा प्रस्टीकरणै लेख्नुपर्यो। त्यहाँ उनले पलसँग कलाकारको सम्बन्ध मात्र भएको दाबी गरेकी थिइन्। त्यसपछि पनि यी दुवै सँगै कार्यक्रमहरूमा देखिन थालेका थिए।

एकाएक नाबालिगको फेसबुकमा पहिलाको स्टाटस करकापमा लेखेको भनेपछि विवाद बढ्यो। पलले आफू विरुद्ध गिरोह नै लागेको भन्दै प्रतिवाद गरिरहेका थिए। बिस्तारै मूलधारका अनलाइनहरूमा यी दुवैको सम्बन्धबारे समाचार बन्न थाले।

नायक पलमाथि बलात्कार ठहरिने आरोपसहितको अडियो बाहिरियो, नक्कली भएको दाबी

समाचारको प्रतिवादमा शाह एक्लै थिए। फागुन १० मा अडियो सार्वजनिक भएपछि नाबालिगसँगै शाह एक युट्युबमा देखिए। घटना बदलिँदै थियो। पक्ष-विपक्षमा बहस चर्किरहेको थियो सामाजिक सञ्जालमा। एकाएक नाबालिगको परिवार जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन ११ मा शाहविरुद्ध जाहेरी पर्यो।

जाहेरीमा तनहुँको दुलेगौँडामा एक साथीको घरमा शाहले बलात्कार गरेको दाबी गरिएको थियो। उता जाहेरी परे लगत्तै काठमाडौँमा रहेका शाह भूमिगत भए। प्रहरी उनको खोजी गरिरहेको थियो। दोस्रो दिन उनले आफूमाथि षड्यन्त्र भएको भन्दै फेसबुकमा ६ वटा अडियो सार्वजनिक गरे।

अभिनेता पल शाहविरुद्ध तनहुँमा दर्ता भयो बलात्कारको जाहेरी

उनी विरुद्ध नाबालिगको बलात्कार गरेको आरोप लागेको थियो। तर उनमा लागेको आरोपप्रतिको गम्भीरता देखिएन। उनी उल्टो आरोपलाई सहयोग पुग्ने प्रमाण सार्वजनिक गर्न, युट्युबहरूमा अन्तर्वार्ता दिन सक्रिय भए। यता त्यही बेला उनले अभिनय गरेको फिल्म 'म यस्तो गीत गाउँछु-४' रिलिज भएकाले फिल्म टोली फिल्म चलाउन उनका फ्यानलाई पलको सेन्टिमेन्ट बेच्न सक्रिय थिए।

फिल्म चलाउने स्वार्थमा पलको पक्षमा उभिइन् पूजा

प्रहरीले घेरा कस्दै लगेपछि उनी फागुन १५ मा फेसबुकमा सरेन्डर गर्न तनहुँ जान लागेको लेखेर आफैँ प्रहरी कार्यालय पुगे। प्रहरीले उनलाई अदालतमा पेस गरेर सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढायो।

पल शाह मात्रै तनहुँको दमौली पुगेनन् उनीसँगै युट्युबवर र जुनसुकै विषयमा युट्युबमा बहस गर्ने कथित अभियन्ताहरू समेत पुगे। शाहको पक्षमा प्रहरी कार्यालय अगाडि पाँच दिनसम्म रमिता चल्यो। नाबालिगको पहिचान गोप्य राख्नुपर्ने सामान्य कानुनी व्यवस्था समेत पालना नभएपछि प्रहरीको साइबर ब्युरो सक्रिय भएपछि युट्युवरहरु काठमाडौँ फर्किएका थिए।

पल शाहविरुद्ध गैँडाकोट प्रहरीमा पनि पर्यो बलात्कारको जाहेरी

नेपाली चलचित्रका कलाकारहरू पल र नाबालिगको केसमा पलको पक्षमा सार्वजनिक हुन थालेपछि केही कलाकारहरूले नाबालिगको पक्षमा सामाजिक सञ्जालमा आफ्ना धारणा राख्न थाले। पलको पक्षमा देखिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बिस्तारै नाबालिगको पक्षमा उभिन थाले।

पल प्रकरण : रंग पत्रकारको हैसियत देखाउने घटना

यहीबिचमा पीडित नाबालिगको तर्फबाट इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत जाहेरी पर्यो। गैँडाकोट रिसोर्टमा गीतको म्युजिक भिडियोको सुटिङका लागि जाँदा शाहले नाबालिगको बलात्कार गरेको उल्लेख थियो।

यता प्रहरी अनुसन्धानमै थियो। अनुसन्धान नसकिएपछि अदालतले दोस्रो पटक १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दियो। यही बिचमा उता गैँडाकोटमा परेको जाहेरीमा बयानका लागि शाहलाई प्रहरीले नवलपुरमा लग्यो र बयान सकेर तनहुँ फर्कायो।

तेस्रो 'श्रृषा कार्की'को पर्खाइमा रहेका हाम्रा सेलिब्रिटी

यहीबिचमा पल शाहको म्यानेजर कृष्ण जोशी तनहुँ प्रहरी कार्यालयमा बयान दिन जाँदा पक्राउ परे। प्रहरीले उनीमाथि मतियारको आरोप लगाएर म्याद थप्यो। यता तनहुँमा अनुसन्धान जारी थियो। यता अनुसन्धान जारी रहेकै बेला उता नवलपुरमा प्रहरीले अनुसन्धान सकायो। जिल्ला न्यायाधीवक्ताको कार्यालयले जिल्ला अदालत नवलपुरमा अभियोग पत्र दायर गर्यो।

तनहुँमा जारी छ युट्युवरको रमिता : भेटघाटको प्रतिस्पर्धाले अनुसन्धान प्रभावित, पलको हिरासत अवधि बढ्ने

यता तनहुँमा पहिला मुद्दा दर्ता भएकाले उता नवलपुरमा थुनछेक बहस थालिएन। यता मङ्गलवार प्रहरीले अनुसन्धान सकाएर जिल्ला न्यायाधीवक्ताको कार्यालयमा प्रस्तावित राय सुझाव पठायो। बुधवार जाहेरी दर्तासँगै थुनछेक प्रक्रिया सुरु भयो। बिहीबार अदालतबाट शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने र जोशीलाई एक लाख धरौटीमा छाड्ने आदेश दियो। अदालतको आदेश अनुसार बेलुका सात वजेर १५ मिनेटमा प्रहरीले शाहलाई दमौली कारागारमा बुझाए। र, सेलिब्रिटी जीवन विताइरहेका शाह नाबालिग बलात्कार अभियोगमा कैदी बने। 

पललाई कारागार पठाउन अदालतले टेकेको पाँच आधार

पल प्रकरणमा उकेरामा प्रकाशित सबै सामाग्री एकै लिंकमा : यहाँ क्लिक गर्नस्

चैत १०, २०७८ बिहीबार २३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।