भदौ ३१ मा लाखे प्रदर्शनमा आउने
काठमाडौँ : फिल्म ‘लाखे’ भदौ ३१ बाट प्रदर्शनमा आउने भएको छ। फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले ‘लाखे’ ३१ भदौमा प्रदर्शन हुने जानकारी दिए। सम्राट बस्नेत निर्देशित फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्ने सम्झौता भएको छ।
फिल्ममा सौगात मल्ल, आर्यन अधिकारी, अनुप विक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीले अभिनय गरेका छन्।
गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन्। सुसन प्रजापतिले खिचेको फिल्मका गीतमा दीपक बज्राचार्यको सङ्गीत छ।
ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,संवाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीले सम्पादन गर्ने फिल्मको छायाङ्कन हालै समापन भएको हो।
चैत १०, २०७८ बिहीबार १६:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।