उपचारबाट ९१ प्रतिशत क्षयरोगका बिरामी निको हुन्छन्
काठमाडौं : समयमै औषधि उपचार गरेको खण्डमा नेपालमा ९१ प्रतिशत क्षयरोग (टिबी) का बिरामी ठिक हुने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ। ‘विश्व क्षयरोग दिवस (मार्च १४) को पूर्वसन्ध्यामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित अन्तर्क्रिया कार्यक्रममा केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरले सो जानकारी दिएका हुन्।
‘क्षयरोगको उपचार सफलता दर ९१ प्रतिशत रहेको छ,’ निर्देशक डा. ठाकुरले भने, ‘ जसमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र करिब ७ प्रतिशत बालबालिका रहेका छन्।’
आर्थिक वर्ष २०७७र७८ को तथ्यांक हेर्दा नेपालमा २८ हजार ६ सय ७७ जना क्षयरोगका बिरामी दर्ता भएका छन्।
अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले टिबीका नयाँ बिरामी पत्ता लगाउन ठूलै संघर्ष गर्नुपरेको बताए। उनले भने, ‘हामीले केस पत्ता लगाउन सकेका छौनौं। केस पत्ता लगाउनमा अझै पनि हामीले ठूलै संघर्ष गर्नुपर्ने छ।’
क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामी संख्याको अनुपात हेर्दा अझै प्रतिवर्ष करिब ४० हजारभन्दा बढी व्यक्तिको रोग पत्ता लगाई उपचारको दायरामा ल्याउन आवश्क देखिएको निर्देशक डा. ठाकुरले बताए। उनले भने, ‘राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि यो एक चुनौतीको रुपमा रहेको छ।’
केन्द्रले विश्व स्वाथ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरि करिब ९९ लाख मानिस क्षयरोगबाट पीडित भएको जनाएको छ। जसमध्ये ५५ लाख पुरुष र ३३ लाख महिला र ११ लाख बालबालिका थिए। केन्द्रका अनुसार क्षयरोग नियमित उपचारले निको हुने रोग भए पनि वार्षिक करिब १५ लाख मानिसको मृत्यु हुने गरेको छ।
त्यसैगरी क्षयारोग प्रिभ्यालेन्स सर्वेक्षण, २०७४/७५ ले नपालमा क्षयरोग बिरामीको संख्या निर्धारण गरेको छ। जस अनुसार नेपालमा वार्षिक रुपमा नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगका बिरामी हुन्छन् भने नयाँ क्षयरोगका बिरामी वार्षिक रुपमा ६९ हजार थपिने र करिब १६ हजार जनाको मृत्यु हुने केन्द्रका निर्देशक डा. ठाकुरले जानकारी दिए।
आर्थिक वर्ष २०७७/७८ को तथ्यांक हेर्दा नेपालमा २८ हजार ६ सय ७७ जना क्षयरोगका बिरामी दर्ता भएका छन् भने क्षयरोगको उपचार सफलता दर ९१ प्रतिशत रहेको छ। जसमध्ये ६७ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला र करिब ७ प्रतिटशत बालबालिका रहेका छन्।
क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामी संख्याको अनुपात हेर्दा अझै प्रतिवर्ष करिब ४० हजारभन्दा बढी व्यक्तिको रोग पत्ता लगाई उपचारको दायरामा ल्याउन आवश्क देखिएको निर्देशक डा. ठाकुरले बताए। उनले भने, ‘राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि यो एक चुनौतीको रुपमा रहेको छ।’
चैत ९, २०७८ बुधबार १९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।