बुटवलमा १० तले सिटी सेन्टर सञ्चालनमा
बुटवल : बुटवलमा १० तले बहुउद्देश्यीय बुटवल सिटी सेन्टर आज देखि सञ्चालनमा आएको छ। बुटवल मिलन चोकमा निर्माण भएको उक्त सिटी सेन्टरमा ६५ करोड रुपैया लगानी भइसकेको छ। स्तरिय होटल, बैंक वित्तिय संस्था, क्लिनिक, सिनेमा घर, बार, कर्पोरेट अपिस सहितको सिटी सेन्टर बुटवलकै अग्लो भवन हो।
८ कठ्ठा क्षेत्रफलमा फैलिएको बहुउद्देश्यीय बुटवल सिटी सेन्टर एक सय जनाले रोजगारी पाएका छन्। सिटी सेन्टरमा महेन्द्र नारायण श्रेष्ठ सहितका व्यक्तिहरुको लगानी रहेको छ। सिटी सेन्टर भित्र होटल पाम ईन्टरनेशनल, क्यु बक्स सिनेमा प्रा.लि सञ्चालनमा आएका छन्। होटलमा मात्र १५ करोड लगानी भएको होटल पाम ईन्टरनेशनलका अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले बताए।
होटलमा ४२ स्वीट रूम, मिनी रूम र लग्जरी रूम छन । सिटी सेन्टरमा स्वमिङ पुल, स्पा, क्यासिनो समेत निर्माण हुने र यो संगै सिटी सेन्टरमा १ अर्ब लगानी हुने उनले बताए।
त्यस्तै १० करोड रुपैया क्यु बक्स सिनेमा प्रा.लि.मा लगानी भएको प्रा.लि.का अध्यक्ष धन बहादुर खत्रीले जानाकारी दिए। सिटी सेन्टरमा ३ वटा लिफ्ट छन।
चैत ९, २०७८ बुधबार १७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।