'कश्मीर फाइल्स' को कमाइ दुई सय करोडनजिक, ६ सयबाट चार हजार पुग्यो स्क्रिन सङ्ख्या

'कश्मीर फाइल्स' को कमाइ दुई सय करोडनजिक, ६ सयबाट चार हजार पुग्यो स्क्रिन सङ्ख्या

एजेन्सीः वर्ड अफ माउथ अर्थात् फिल्म हेर्ने दर्शकले दिएको सकारात्मक समीक्षाका कारण ब्लकबस्टर भएको फिल्म हो- द कश्मीर फाइल्स। प्रभासको मुख्य भूमिका रहेको 'राधेश्याम' चलचित्रसँग जुधेको कश्मीर फाइल्सले अहिले राधेश्यामकै व्यापारलाई उछिन्ने गरी अघि बढेको छ।

विवेक रञ्जन अग्निहोत्रीको निर्देशनमा बनेको चलचित्रले कश्मीर क्षेत्रको पण्डितहरूको दुखदायी कहानी भन्छ। तर दुःख देखाउने चलचित्रको व्यापार भने निकै उत्साहजनक भएको छ। 

१२ दिनमा मात्र कश्मीर फाइल्सले १९० करोड भारुभन्दा माथिको व्यापार गरेको छ। यो केवल भारतभित्रको कलेक्सन हो। बाहिर पनि उत्तिकै चलचित्रले व्यापार गरिरहेको छ।

भारतीय चलचित्र समीक्षकहरूका अनुसार अबको एक या दुई दिनमा यस चलचित्रले दुई सय करोडको आँकडा पनि पार गर्नेछ।

जम्मा १२ करोडको लागतमा बनेको कश्मीर फाइल्सले पहिलो दिन देशभर जम्मा ६ सय स्क्रिन पाएको थियो। अहिले चलचित्रले चार हजार स्क्रिन पाएको छ।

चैत ९, २०७८ बुधबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।