पल र उनका म्यानेजर कृष्णविरुद्ध तनहुँ अदालतमा मुद्धा दर्ता, १४ र सात वर्ष कैद माग

पल र उनका म्यानेजर कृष्णविरुद्ध तनहुँ अदालतमा मुद्धा दर्ता, १४ र सात वर्ष कैद माग

तनहुँ : जिल्ला न्यायाधीवक्ताको कार्यालय तनहुँले जिल्ला अदालतमा अभिनेता पल शाह र उनको म्यानेजर कृष्ण जोशी विरुद्ध नाबालिग बलात्कार र बलात्कारको मतियारको अभियो लगाउँदै अभियोग पत्र दर्ता गरेको छ।

मङ्गलवार कार्यालयले शाहलाई १४ वर्ष र जोशीलाई त्यसको आधा सजायको मागदाबी गर्दै अभियोग पत्र दर्ता गरेको हो। करणीको समयमा बालिकाको उमेर १६ वर्षभन्दा कम पुष्टी भएको छ। मुलुकी अपराध संहिता अनुसार १६ वर्षभन्दा कम उमेरकोसँग सहमतिमै यौन सम्बन्ध राखे पनि १२ देखि १४ वर्ष जेल सजाय हुने प्रावधान छ।

पलका म्यानेजर जोशीले बालिकासँग करणीका लागि मतियारको भूमिका निभाएको दाबी गर्दै उनलाई पललाई हुने आशा सजायको माग गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार अनुसन्धान सकाएर जिल्ला न्यायाधीवक्ताको कार्यालयमा प्रस्तावित राय सुझाव पठाएको थियो। सोही सुझावको आधारमा अभियोग पत्र दर्ता भएको हो।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा शाहविरुद्ध १२ देखि १४ वर्षको जेल सजाय मागसहित जिल्ला अदालत तनहँुमा बलात्कारको अभियोग पत्र दर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले जानकारी दिए ।

उनले भने,‘घट्ना हुदा पीडितको उमेर १६ वर्ष भन्दा कम भएकाले नाबालिकालाई बलात्कार गरेकोले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसारको कसुर गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो ।’

आरोपित शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) मा १२ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेको प्रमाणित भएमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

साक्षी र आरोपीको बयान, वारदात स्थलको मुचुल्का, घटना भएको दिन नाबालिग र पल सोही घरमा रहेको पुष्टि हुने प्रमाण, सो समयमा घरमा रहेकाहरूको बयान, आरोपीबिचको संवाद  र मेसेन्जरको विवरण, जन्म दर्ता प्रमाण पत्र, स्वास्थ्य परीक्षण प्रतिवेदन लगायतका प्रमाणसहित अभियोग पत्र दर्ता भएको हो।

नाबालिगको परिवारले फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कार गरेको भन्दै शाहविरुद्ध ​उजुरी दर्ता गरेका थिए। जाहेरीमा तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडामा रहेको प्रदीप थापाको घर कोठामा बलात्कार गरेको दाबी छ। जाहेरी दर्तापछि भागेका शाह फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए।

शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा पनि नाबालिग बलात्कारको अभियोग पत्र दर्ता भएको छ। दुवै मुद्दा एकै अदालतमा चल्ने या अलग-अलग सोबारे केही निर्णय भएको छैन। 

तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएपछि अब आरोपी शाह लगायतकाको बयान सक्काएर थुनछेकको बहस सुरु हुनेछ।  शाहसँगको बयानपछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्नेमध्ये एक आदेश दिने छन्।

आफैँ विरुद्ध पल शाहले जुटाइदिए प्रमाण, बलात्कार नगरेको दाबी भन्दा गरेको प्रमाण बलियो

पल शाहविरुद्धको अभियोग पत्र बलियो : अडियो आफ्नै भएको र नाबालिगको कोठामा गएको स्विकार

दुर्गेशको बयान : बार्गेनिङ थाहा छैन, करणी गरेको भए कारबाही हुनुपर्छ भनेको हो

पल विरुद्ध नाबालिगको बयान : मायाको नाटक गरेर यौन शोषण गरे

सरोज ओलीको बयान : पलले बेईज्जत गर्दिन्छु भनी ह्यारेशमेन्ट गर्दा रहेछन्

पल शाहको बयान : म रातको अन्दाजी ११:३० बजे पीडितको कोठामा गएको हुँ

पलविरुद्धको अभियोग पत्रको चिरफार : आठ प्रश्नले देखाएका तथ्य जसले पललाई कारागार पठाउन सक्छ

चैत ८, २०७८ मंगलबार १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।