विश्व शान्तिको कामना गर्दै नालामा सेतो मच्छिन्द्रनाथको जात्रा

विश्व शान्तिको कामना गर्दै नालामा सेतो मच्छिन्द्रनाथको जात्रा

काठमाडौंः फागु पूर्णिमाका दिन कलशको स्थापना गरी नाला सेतो मच्छिन्द्रनाथको जात्राको विधिवत् सुरुआत हुन्छ। तीन दिनसम्म चल्ने यो जात्रा २०१७ सालबाट सुरु भएको हो।

काभ्रेको बनेपा क्षेत्रमा यस जात्राको अवसरमा स्थानीयहरू हाकु पटासी (स्थानीय भेष) लगाएर स्थानीय बाजा बजाउँदै नाच-गान गरी मनाउने गर्छन्।

यस्तै पूर्णिमाको भोलिपल्ट जलले न्वारन गरी, चित्र कोरेर सेतो मच्छिन्द्रनाथको मन्दिरदेखि नाला भगवतीसम्म परिक्रमा गर्छन्।

मच्छिन्द्रनाथलाई बालबालिका, वृद्धवृद्धा सबैले दर्शन गर्न सकुन् भनेर रथमा राखेर नगरपरिक्रमा गराइने गरेको स्थानीय बताउँछन्। सोही दिन जात्राको विधिवत् अन्त्य हुन्छ।

नालामा जात्रा मनाए पनि पूजाका सबै सामग्री र पूजारी पनि असनबाट आउने गर्छन्। अरूले पूजा गर्न नमिल्ने बताइन्छ।

मच्छिन्द्रनाथ वर्षा र सहकालका देवता हुन्। काठमाडौं उपत्यकामा मच्छिन्द्रनाथलाई उच्च श्रद्धाका साथ पूज्ने गरिन्छ।

जात्राका लागि भक्तपुर, काठमाडौं र ललितपुरबाट समेत भक्तजन आउछन्। विश्व शान्तिको कामनाका साथ हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन जात्रा उग्रचण्डी नालामा मनाउने गरिन्छ।

चैत ८, २०७८ मंगलबार १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।