रोडिजमा लाउरे साह्रै भाग्यमानी, अनुपको ब्याड लक

रोडिजमा लाउरे साह्रै भाग्यमानी, अनुपको ब्याड लक

काठमाडौँ : आठ प्रतियोगी बाँकी रहँदा रोडिजमा एकाएक प्रतिस्पर्धा टिममा हैन एकल भयो। एकल हुँदा पोलटिक्स चलेन। एक्लो दिमाग चल्यो। एक्लो दिमागमा जुन खेलाडीले बल र बुद्धि दुवै लगाए उहीँ जोगिए टप फाइभमा।

आठबाट एकै पटक पाँच खेलाडीमा झर्दा अनुपविक्रम शाहको टिमबाट एकै पटक २ जना बाहिरिए प्रनिशा र सन्देश। अनि तेस्रो प्रतियोगी परे लाउरेको सुरज। एक-एक सदस्य बाँकी भएको दिया र अर्को टिमको सदस्य जोगिँदा प्रतियोगीहीन हुनु परेन। यसमा सबैभन्दा खुसी दिया अनि दुखी अनुपविक्रम भए। अनुपसँग नसिम मात्र बाँकी भए।

सोमबारको एपिसोडमा एकै पटक तीन खेल खेलाइयो। पहिलो एंग्री बर्ड स्टायलमा सात बल हिट गर्ने। एक बल लागे २ सय पोइन्ट। यसमा प्रनिशाको राम्रो भयो। दोस्रोमा झन्डा सङ्कलन गर्ने। यसमा सन्देशको राम्रो भयो। तेस्रो खेलमा आठै जना बाँधिएर एक अर्कालाई तान्दै छिटो झन्डा लिने। यसमा पहिलो भए नसिम।

तीन खेलमा पहिलो हुने अनुपविक्रमकै टिमको थियो। २ सदस्य बाहिरिने नि अनुपकै भयो। अब चार टिममा २ जना सदस्य हुने टिम लाउरेमात्र हो। अब समूह प्रतिस्पर्धा सँगै भोट आउट पनि सकियो। अब जसले बल र बुद्धि लगाउन सक्छ उहीँ हुन्छ रोडिज सिजन ४ को विजेता।

चैत ८, २०७८ मंगलबार ०३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।