साहित्यकार जगन्नाथ भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक
काठमाडौं : साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास ‘विवाह रेखा’ सार्वजनिक भएको छ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन्।
यसअघि नै साहित्यकार भुसालको ‘परिवेश’ कवितासंग्रह प्रकाशित भइसकेको छ।
चैत ७, २०७८ सोमबार १९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।