सेन्ट जेभियर्स कलेजले 'सुर-वाहिनी'आयोजना गर्ने, शम्भुजित बाँस्कोटालाई सम्मान गरिने
काठमाडौं : सेन्ट जेभियर्स कलेजले 'सुर-वाहिनी' साङ्गीतिक साँझ कार्यक्रम आयोजना गर्ने भएको छ। कलेजका प्रधानाचार्य फादर डा. अगस्टीन थोमसले आज एक विज्ञप्ति जारी गर्दै कार्यक्रमबारे जानकारी दिएका हुन्।
सोही अवसरमा कलेजले आठौं फादर ई. एल. वाट्रीन मेमोरियल कल्चरल अवार्ड समेत प्रदान गर्ने भएको छ। लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा योगदान पुर्याएको भन्दै वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटालाई सम्मान गरिने भएको छ।
त्यसपछि नेपाली कलाकारहरूबाट 'सुर-वाहिनी' प्रस्तुत हुनेछ। कार्यक्रम यही बुधबार साँझ ५ बजेदेखि सुरु हुनेछ। माइतीघरस्थित कलेज परिसरको फादर वाट्रीन मेमोरियल हलमा कार्यक्रम हुने बताइएको छ।
चैत ६, २०७८ आइतबार २०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।