दीपक-दीपाको व्यापार गर्ने काइदा, झुर फिल्ममा नि फाइदा

दीपक-दीपाको व्यापार गर्ने काइदा, झुर फिल्ममा नि फाइदा

काठमाडौँ : सामान्य कथावस्तुका हल्का फिल्म बनाए पनि व्यापार कसरी गर्नुपर्छ राम्रो जानकारी राख्ने जोडी हुन् दीपकराज गिरी अनि दीपाश्री निरौला। कलाकार तथा फिल्म निर्माता उनीहरू नेपाली दर्शकको मनस्थिति बुझेर प्रचार गर्न खप्पिस छन्। त्यसैले त जति आलोचना भए पनि उनीहरूले बनाएको 'छक्का पन्जा' सिरिज ब्राण्ड नै बन्यो नेपाली फिल्म क्षेत्रमा।

न समीक्षकले मन पराए न बौद्धिक दर्शकले नै वाह भने। तै पनि दर्शकले पत्याइदिँदा उनीहरूको फिल्मी करिअर मात्र उकासिएर यो सिरिजले आर्थिक हैसियत समेत उकासिदियो। अहिले यही जोडी ‘छक्का पन्जा ४’को निर्माणको तयारीमा छ तर फिल्मको औपचारिक निर्माणको काम भने सुरु भएको छैन।

प्राय दशै-तिहार पारेर फिल्म रिलिज गर्ने उनीहरूले फिल्म बनाउने काम सुरु नगरे पनि प्रचारप्रसार भने सुरु गरिसकेका छन्। फिल्म छायाङ्कन नभई उनीहरूले ट्रेलर बनाएर हलहरूमा देखाइरहेका छन्।

हलमा फिल्म हेर्न पुगेका दर्शकलाई सम्झाइरहन उनीहरूले फिल्म हलमा विज्ञापनको रूपमा फिल्मको ट्रेलर बजाउने गरेका छन्। अहिले पनि हलमा हिन्दी होस् या नेपाली जुन फिल्म हेर्न गए पनि'छक्का पन्जा-४' को ट्रेलर नहेरी सुखै छैन। यो हो नि त व्यापार गर्ने काइदा।

चैत ६, २०७८ आइतबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।