स्रोत नखुलेको २२ लाख सहित समातिए कुलदेव

स्रोत नखुलेको २२ लाख सहित समातिए कुलदेव

कास्की : पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाल पक्राउ परेका छन्।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा रहेका उनलाई उक्त स्रोत नखुलेको रकम सहित फेला परेको प्रहरीले जानकारी दिएको छ।

 

चैत ६, २०७८ आइतबार १२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।