आज १७ कोरोना संक्रमित थपिए, ४०९ जना संक्रमणमुक्त

आज १७ कोरोना संक्रमित थपिए, ४०९ जना संक्रमणमुक्त

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार ५४३ को परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो। 

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ७८ हजार १२७ पुगेको छ। एन्टिजेन परीक्षण विधिबाट संक्रमितको सङ्ख्या एक लाख ४० हजार ७० रहेको छ। पछिल्लो समय थप ४०९ जना निको भएका छन्। यससँगै निको हुनेको संख्या ९ लाख ६२ हजार ५८२ पुगेको छ। निको हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ। त्यसैगरी पछिल्लो समय आठ हजार ७२९ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। 

हाल सक्रिय संक्रमितको संख्या तीन हजार ५९२ रहेको छ। अहिले होमआइसोलेशनमा तीन हजार ५३५ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा ६० आइसीयूमा २७ र भेन्टिलेटरमा छ जनाले उपचार गराइरहेका छन्।

चैत ५, २०७८ शनिबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।