दुई वर्षपछि होलीमा झुमेको बुटवल [फोटो फिचर]
बुटवल : कोभिडका कारण रङहरूको पर्व फागु पूर्णिमा (होली) मनाउन नपाएका बुटवलका नागरिकले आज हर्षोउल्लासका साथ होली मनाएका छन्। आपसी सद्भाव र भाइचारा कायम राख्दै बुटवलबासीले खुसी साथ होली मनाए।
बुटवलका चोक चोकमा साथीहरुको जत्था भेला भई एकापसमा रङ दलेर होली मनाएका थिए। पुरानो बसपार्कमा कन्सर्ट गरिएको थियो। ट्राफिकचोकमा मुख्य राजमार्ग क्षेत्रमा होली कन्सर्ट हुने गरेकोमा यस पटक सडक निर्माणको क्रममा भएकाले राममन्दिर लाइन नजिक होलीमा युवायुवती झुमेका देखिन्थे।
सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङले तरंगित तुल्याउने होली उल्लास र रंगिचंगीको पर्व मानिँदै आएको छ।
सबैलाई एउटै रङमा रंग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ। हिन्दू, मुस्लिम, सिख, इसाई, मंगल, किराँत, राई आदिमा एकताको सन्देश दिंदै यस पर्वले सबैको मनमा उमंग एवं उत्साहको सञ्चार गर्दै आएको छ।
चैत ४, २०७८ शुक्रबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।