हर्सोल्लासका साथ मनाइयो होली [फोटो फिचर]
काठमाडौं : होली पर्व आज देशका विभिन्न स्थानमा हर्सोल्लासका साथ मनाइएको छ।
काठमाडौं, ललितपुर तथा भक्तपुरमा केटाकेटी, युवायुवती तथा प्रौढहरूले एकअर्कालाई रङ दलेर मनाएको देखियो। कतिपय स्थानमा गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी सद्भावका साथ होली मनाइएको छ।
रिसइबीलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने होलीलाई रङको पर्वको रूपमा लिने गरिन्छ।
हिन्दु संस्कृति अनुसार होली प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ। होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दुहरूको एउटा महत्वपूर्ण चाड हो।
होली पहाडी र हिमाली क्षेत्रमा आज मनाइएको छ भने तराई क्षेत्रमा भोलि मनाइँदैछ।
चैत ३, २०७८ बिहीबार १९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।