युक्रेनको चेर्निहिभमा खाना कुरिरहेका १३ जनाको रुसी गोलाबारीमा परी मृत्यु

युक्रेनको चेर्निहिभमा खाना कुरिरहेका १३ जनाको रुसी गोलाबारीमा परी मृत्यु

एजेन्सीः रुसी सेनाले गोलाबारी गर्दा युक्रेनको उत्तरी शहर चेर्निहिभमा बुधबार १३ जना सर्वसाधारणको मृत्यु भएको छ। मृत्यु भएका सर्वसाधारण खाना (पाउरोटी) खानका लागि लाइनमा रहेका त्यहाँका क्षेत्रीय प्रशासन प्रमुख भ्याचेस्लभ चसले बताएका छन्।

यस घटनाको पुष्टिका गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भिडियो समेत सार्वजनिक गरेका छन्। भिडियोमा भुईँमा छरपस्ट मानव शव रहेको देखिएको छ। यद्यपि, संवेदनशीलतालाई ध्यानमा राख्दै ती दृश्य ब्लर गरिएको छ। 

यस्तो छ टेलिग्राफले सार्वजनिक गरेको भिडियो 

प्रशासन प्रमुख चसले सो हमलालाई रुसले परोक्षरूपमा सर्वसाधारणमाथि आक्रमण गरिरहेको इङ्गित गरेको बताएका छन्। यस्तै उनले रुसले धेरैजसो नागरिकको पूर्वाधार ध्वस्त बनाइरहेको र यस्ता हमला धेरै पटक भइसकेको पनि बताएका छन्।

हाल सो चेर्निहिभ शहर रुसी सेनाले चौतर्फी घेराबन्दीमा राखेको छ। यता रुसका रक्षा मन्त्रालयका प्रवक्ताले भने खानाको लाइनमा उभिँदा उनीहरू मारिएको दावीलाई अस्वीकार गरेका छन्। उनले चेर्निहिभमा कुनै पनि रुसी सेना नरहेको पनि बताएका छन्।

चैत ३, २०७८ बिहीबार १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।