बाइडेनले भने- 'पुटिन युद्ध अपराधी हुन्', रुसले भन्यो- 'अक्षम्य बयान'
एजेन्सीः अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'युद्ध अपराधी'को संज्ञा दिएका छन्। ह्वाइट हाउसमा एक पत्रकारको प्रश्नको जवाफ दिने क्रममा बाइडेनले तत्कालको तत्काल यस्तो बताएका हुन्।
बाइडेनको यस अभिव्यक्तिले रुस-अमेरिकाबीच जारी तनावलाई अझ बढाउने देखिएको छ। बाइडेनले पहिलो पटक पुटिनका सम्बन्धमा यस्तो शब्द प्रयोग गरेका हुन्। पछि उनले आफूले 'मनैदेखि भनेको' पनि बताए।
यता रुसले भने यस अभिव्यक्तिलाई 'अक्षम्य बयान' भनेको छ। 'राष्ट्र प्रमुखबाट आएको त्यस्तो बयानलाई हामी अस्वीकार्य र अक्षम्य मान्छौं जसको बमले संसारभरका लाखौं जनता मारिएका छन्', रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।
यसैबीच अमेरिकाले युक्रेनलाई एक अर्ब डलर बराबरको हतियार सहयोग गर्ने भएको छ।
चैत ३, २०७८ बिहीबार ०८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।