भेरीमा बेपत्ता तीनमध्ये एक बालकको शव भेटियो
सुर्खेत : गत फागुन २८ गते शनिबार भेरी नदीमा नुहाउँने क्रममा बेपत्ता भएका तीन बालबालिका मध्य एक बालकको शव भेटिएको छ। बुधबार दिउँसो भेरीगंगा र वीरेन्द्रनगर नगपालिकाबीचमा पर्ने भेरी पुलको सय मिटर तल पानीमा तैरिएको अवस्थामा ८ वर्षीय बालक दिनेश बुढा मगरको शव फेला परेको हो।
शनिबार साँझ ५ बजेको समयमा सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाट स्थित रानिवगर घाट भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका थिए। भेटिएका ८ वर्षका बालक बुढामगरको शवलाई मेहेलकुना अस्पताल लिई पोष्टर्मटम गरेर बालकको शव आफन्तको जिम्मा लगाएको रक्तकालि गण बाँगेसिमल सुर्खेतका एसपी बिमल डाँगीले जानकारी दिए।
बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका-११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली अँझै बेपत्ता रहेका उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजीकार्य जारी राखेका छन्।
चैत २, २०७८ बुधबार २१:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।