होलीमा इच्छा विपरित रंग दले कारवाही गर्ने सुर्खेत प्रशासनको चेतावनी
सुर्खेत : होलीमा कसैको इच्छा विपरीत रंग दले कारवाही गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले चेतावनी दिएको छ। बुधबार एक सूचना जारी गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले इच्छा विपरीत रंग दले कारवाही गर्ने चेतावनी दिएका हुन्।
प्रशासनले भनेको छ,‘ रंगको माध्यमबाट एकअर्कामा खुसी साटासाट गर्ने फागु पर्व (होली) निकट आइसकेको सन्दर्भमा उक्त पर्व मनाउने क्रममा इच्छा विपरीत रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर फोहोर पानी–रासायनिक पदार्थ छ्याप्ने, धार्मिक तथा साँस्कृतिक मूल्य-मान्यतामाथि आँच पुर्याउने जस्ता अराजक कार्यहरू नगर्ननगराउन हुन अनुरोध छ।’
साथै प्रमुख जिल्ला अधिकारी रिजालले कानून विपरीत कार्यहरू गरेका वा गराइएको पाइएमा कानून बमोजिम कारबाही गरिने बताए।
चैत २, २०७८ बुधबार २०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।